दफा ३०
कार्य शुरु गर्ने र चालू राख्ने दायित्व
: (१) ठेकेदारले लागू मितिले नब्बे (९०) दिनभित्र अन्वेषण कार्यहरू थाल्नेछ र त्यस्तो कार्यहरू अन्वेषण अवधिभर चालू राख्नेछ ।
(२) ठेकेदारले विभागबाट सम्भाव्यता कार्यक्रम र बजेट स्वीकृत भएपछि कार्यक्रममा उल्लिखित समय तालिकाबमोजिम सम्भाव्यता कार्य शुरु गर्नेछ । ठेकेदारले विभागबाट विकास कार्यक्रम र बजेट स्वीकृत भई उत्पादन अनुमति जारी भएपछि कार्यक्रममा उल्लिखित समय तालिकाबमोजिम विकास कार्य शुरु गर्नेछ ।
(३) ठेकेदारले व्यापारिक उत्पादन शुरु गरेपछि व्यापारिक उत्पादन सम्भव भएसम्म उत्पादन चालू राख्नेछ ।
(४) ठेकेदारले उपयुक्त प्राविधिक कारण र विभागको पूर्व स्वीकृति बिना कुनै पेट्रोलियम कार्य स्थगित गर्ने छैन । शङ्कटकालीन अवस्था वा त्यस्तै अन्य कारण उत्पन्न भई जीउज्यानमा चोटपटक वा गम्भीर क्षति पुग्ने अवस्थामा अस्थायी रूपले स्थगित गर्न त्यस्तो पूर्व स्वीकृति आवश्यक पर्नेछैन ।